९ वर्षपछि चीन भ्रमणमा जाँदै आजअमेरिकी राष्ट्रपति ट्रम्प
इरानसँग जारी तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (बुधबार)देखि चीनको तीनदिने भ्रमण सुरु गर्दैछन् ।
अमेरिका, इजरायल र इरानबीच चलिरहेको युद्ध, हर्मुजको जलडमरूमा देखिएको संकट र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको समस्यालाई लिएर विश्वव्यापी चिन्ता बढिरहेको समयमा हुन लागेको ट्रम्पको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।
ट्रम्प २०१७ पछि पहिलोपटक बेइजिङ जान लागेका हुन् । भ्रमणमा इरानसँगको वर्तमान अवस्थाबारे छलफल हुने सम्भावना छ ।
ट्रम्पको यो भ्रमण चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा हुन लागेको हो ।
ह्वाइट हाउसकी प्रिन्सिपल डेपुटी प्रेस सेक्रेटरी अन्ना केलीका अनुसार ट्रम्प बुधबार साँझ बेइजिङ पुग्नेछन् । ट्रम्पका लागि भव्य स्वागत समारोह आयोजना गरिनेछ, त्यसपछि राष्ट्रपति सीसँग द्विपक्षीय भेटवार्ता हुनेछ ।
त्यसक्रममा ट्रम्पले बेइजिङस्थित एक ऐतिहासिक र प्राचीन धार्मिक परिसर टेम्पल अफ हेवनको पनि भ्रमण गर्नेछन् । ट्रम्पका लागि राजकीय भोज पनि आयोजना हुनेछ ।
ट्रम्प र सी दुई नेताहरूबीच शुक्रबार पनि छलफल हुनेछ ।
चीन भ्रमणमा ट्रम्पसँगै विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीर, एरिक ट्रम्प र लौरा ट्रम्प सहभागी हुनेछन् । साथै, भ्रमणमा एप्पलका सीईओ टिम कुक र टेस्ला तथा स्पेसएक्सका प्रमुख एलन मस्क लगायत शीर्ष अमेरिकी कम्पनीहरूका सीईओको ठूलो प्रतिनिधिमण्डल पनि उपस्थित हुने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #९ वर्षपछि चीन भ्रमणमा जाँदै आजअमेरिकी राष्ट्रपति ट्रम्प, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्