Techie IT
आईतबार, जेठ २४,२०८३

यातायात व्यवसायीको रोजाइमा सुनिल कुँवर , वरिष्ठ उपाध्यक्षमा जित सुनिश्चित


वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत वरिष्ठ उपाध्यक्ष पदमा वरिष्ठ व्यवसायी सुनिल कुँवरको उम्मेदवारी बलियो देखिएको छ । महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिहरुले कुँवरको जित लगभग सुनिश्चित रहेको बताएका छन् ।

वि।सं। २०५१ सालदेखि सार्वजनिक यातायात क्षेत्रमा सक्रिय रहँदै आउनुभएका कुँवरले लामो अनुभव, व्यवसायीबीचको समन्वयकारी भूमिका तथा स्पष्ट एजेण्डाका कारण व्यापक समर्थन प्राप्त गरिरहेको प्रतिनिधिहरुको भनाइ छ ।

यसअघि संयुक्त यातायात व्यवसायी संघको अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएका कुँवरले देशभर छरिएर रहेको सार्वजनिक यातायात क्षेत्रलाई एकीकृत गर्ने, व्यवसायीहरुको हकहित संरक्षण गर्ने तथा महासंघको केन्द्रीय कार्यालय निर्माणलाई प्राथमिकतामा राख्नुभएको छ ।

हाल घोडाघोडी यातायात व्यवस्थापन कम्पनीका अध्यक्ष रहनुभएका कुँवर पूर्व यातायात व्यवस्थापन समितिका सञ्चालक समेत हुनुहुन्छ । उहाँको नेतृत्वमा महासंघ अझ सशक्त र व्यवस्थित बन्ने अपेक्षा प्रतिनिधिहरुले व्यक्त गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #यातायात व्यवसायीको रोजाइमा सुनिल कुँवर


तपाईको कमेन्ट लेख्नुहोस्