युवा संघ र विद्यार्थीले बुझाए सिमा अतिक्रमणको विरोधमा ज्ञापन पत्र
संखुवासभा – भारतले नेपाली भूमि दार्चुलाको लिपुलेक, तावाघाट, लिपुलेक हुँदै मानसरोवर तर्फ जाने बाटोननिर्माणगरि शिलान्यास गरेकोमा विरोधमा संखुवासभाका युवा संघ र अनेरास्ववियू विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
युवा संघ तथा विद्यार्थीहरुले बुझाएको ज्ञापन पत्रमा भारतले दार्चुला जिल्लाको तावाघाट, लिपुलेक हुँदै मानसरोवरतर्फ जानव्यास गाँउपालिका १ गुञ्जी देखीलिपुलेक सम्मको भुभागमिचेर २२ किलोमिटर लामो बाटो निर्माणगरि शिलान्यास गरेको प्रतिआक्रोश व्यक्तगर्दै तत्काल कुटनीतिक पहलकदमी बाट यो कदम रोक्न–रोकाउनसरकारसँग माग गरेको उल्लेख छ ।
देशको सिमाना छिमेकी देशबाट दर्जनौ ठाँउमा मिचिएको तथ्यहरु सार्वजनिक भईरहेको बेला सरकार चुपचाप बसेर रमिता हेरिरहेको युवा विद्यार्थीहरुले आरोप लगाएका छन् । युवा विद्यार्थीहरुले सिमानामा सुरक्षाफौज राख्न,काँडेतार लगाई घेरावार गर्न, सिमा सम्बन्धि दिर्घकालीन समस्या हल गर्नका लागि उच्च तहबाट निर्णायक पहललिन सरकासँग अनुरोध गरेका छन् ।
विश्वमानव जगत कोरोना भाईसरद्धारा आक्रान्तभएको समय छोपेर इतिहासको तथ्य तथा प्रमाणहरुलाई समेत कुल्चदै भारतले असल छिमेकीको सम्बन्धमा प्रश्न उठाएको आरोप लगाएको छ । युवा संघ र अनेरास्ववियुका जिल्ला संयोजक तथा सहसंयोजकहरु द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भारतीयपक्षबाट नेपाली भुमी अतिक्रमणगरि बनाईएको सडक सञ्चालन रोक्नको लागि कुटनीतिक कदमचाल्न समेत जोडदार माग गरेको छ । नेकपाको भातृ संगठन राष्ट्रिययुवा संघ र अनेरास्ववियू संखुवासभाले प्रमुख जिल्लाअधिकारी जीवन प्रसाद दुलाल मार्फत परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्