Techie IT
बुधबार, वैशाख ३०,२०८३

सुकुम्बासी हटाइएको पशुपतिनाथ मन्दिर परिसरमा भेटियो ३ वटा ग्रिनेड


काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरअन्तर्गत राम मन्दिर नजिकको जंगल क्षेत्रमा तीन वटा ग्रिनेड फेला परेका छन् । स्थानीयवासीले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अवैध घरटहरा हटाइएको क्षेत्रभन्दा केही माथि जंगलमा शंकास्पद वस्तु भेटिएपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकी ले उक्त स्थानबाट पुराना तीन वटा ग्रिनेड फेला परेको जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सुकुम्बासी हटाइएको पशुपतिनाथ मन्दिर परिसरमा भेटियो ३ वटा ग्रिनेड


तपाईको कमेन्ट लेख्नुहोस्