हर्कको पार्टी प्रवेश गर्दै सुदनले भने- जनताको आदेशलाई मानेका हौँ
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराँतीले श्रम संस्कृति पार्टी प्रवेश गरेका छन् । शुक्रबार बागबजारस्थित हार्दिक होटेलमा आयोजित कार्यक्रममार्फत उनले श्रम संस्कृति पार्टी प्रवेश गरेका हुन् । किराँतीलाई पार्टीका अध्यक्ष हर्क साम्पाङले स्वागत गरे ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै किराँतीले पार्टी एकता जनताको चाहनाअनुसार भएको दाबी गरे । उनले आफूहरुको एकताको यो ऐतिहासिक घडी भएको बताए ।
उनले भने, ‘एकता ऐतिहासिक घडी हो । एकता किन भन्दा सम्पूर्ण जनताहरुले दवाव दिनुभयो । जनताको चाहना अनुसार एकता भएको हो । आँखामा सपना र मनमा बाचा बोकेर, काँधमा जिम्मेवारी, छातीमा इमानदारिता बोकेर ऐतिहासिक कार्यक्रममा छौं । जनताको चाहना पूरा गर्यौं, जनताको आदेश हामीले मान्यौं र हामीले ऐतिहासिक एकता पनि गर्यौं ।’
आँखामा सपना र मनमा बाचा बोकेर, काँधमा जिम्मेवारी र छातीमा इमानदारिता बोकेर यो एकता भएको बताए । किराँतीले अब जनताले आफूहरूलाई साथ दिने विश्वास गरे ।
उनले भने, ‘अब तपाईंहरु सबैले हामीलाई साथ दिनुहोस् । यो गाहे लगाउने कथा मात्रै होइन, घर बनाउने कथा मात्रै होइन, ढुंगा र माटोको सम्बन्ध तीन करोड नेपाली जनता अब यो नेपालको माटो र बाटोमा अब हामी हिड्नैपर्छ ।’
उनले इतिहासको गम्भिर समिक्षा गर्दै इतिहासको त्रुटिहरुबाट शिक्षा लिनुपर्ने बताए। उनले भने, ‘हामी त्यत्तिकै एकता भएका छैनौं, हामीले इतिहासको गम्भिर समिक्षा गरेका छौं । इतिहासको त्रुटिहरुबाट शिक्षा लिएका छौं । घटेको घटनाहरुबाट शिक्षा लिँदै एकताको यो विन्दुसम्म आइपुगेका छौं ।’
क्याटेगोरी : समाचार
ट्याग : #हर्कको पार्टी प्रवेश गर्दै सुदनले भने- जनताको आदेशलाई मानेका हौँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्