Techie IT
शुक्रबार, वैशाख २५,२०८३

अमेरिकाले फेरि गर्‍यो इरानमाथि आक्रमण


काठमाडौं । अमेरिकाले फेरि इरानमाथि आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी सेनाले इरानमा बमबारी गरेको हो । अमेरिकाले सैन्य अड्डाहरूमा बम विस्फोट गराएको हो ।

अमेरिकाले आफ्ना जहाजहरूमाथि इरानी आक्रमणको प्रतिक्रियामा यो कदम चालेको दाबी गरेको छ ।

इरानले युद्धविरामको समयमा अमेरिकाले गरेको आक्रमणको कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अमेरिकी सेनाले ओमानको खाडीमा रहेका इरानी तेल ट्याङ्करहरूलाई निशाना बनाएको थियो ।

इरानी सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार, खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले अमेरिकी सेनाले जास्क नजिकै इरानी जलक्षेत्रबाट होर्मुजको जलडमरूमतिर गइरहेको तेल ट्याङ्करलाई निशाना बनाएको थियो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिएका छन् कि यदि तेहरानले सम्झौता गरेन भने अमेरिकाले फेरि अर्को आक्रमण गर्नेछ । पत्रकारहरूसँगको कुराकानीमा इरानले अमेरिकी युद्धपोतहरूमा आक्रमण गरेको उनको भनाइ थियो ।

ट्रम्पका अनुसार, त्यसपछि गोली हानाहान भयो, जसमा हामीले उनीहरूलाई गम्भीर क्षति पुर्‍यायौँ र उनीहरूका धेरै साना डुङ्गाहरू डुबायौँ । हामी उनीहरूलाई आणविक हतियार राख्न दिनेछैनौँ, र उनीहरू यसमा सहमत भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #अमेरिकाले फेरि गर्‍यो इरानमाथि आक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्