तिनपिप्लेबाट हराएकी सरीताको शव ११ दिन पछि टोखाको जंगलमा फेला ( हेर्नुहोस विवरण)
काठमाडौं — नुवाकोटको ककनी गाउँपालिका निवासी ४५ वर्षीया सरिता तिवारीको हत्या भएको आशंकामा प्रहरीले टोखा नगरपालिका–२ का ३५ वर्षीय अनिल डंगोललाई पक्राउ गरेको छ। ११ दिनदेखि सम्पर्कविहीन रहेकी तिवारीको शव काठमाडौंको शिवपुरी जंगल क्षेत्रबाट गाडिएको अवस्थामा फेला परेको हो।
प्रहरीका अनुसार तिवारी वैशाख ११ गते बिहान घरबाट बजार जान्छु भनी निस्किएकी थिइन्। त्यसपछि उनी परिवारसँग सम्पर्कमा आइनन्। भोलिपल्टसम्म पनि खबर नआएपछि परिवारले बालाजु प्रहरी वृत्तमा खोजतलासका लागि निवेदन दिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार खोजीका क्रममा मंगलबार दिउँसो टोखा–१ स्थित शिवपुरी जंगलमा उत्खनन गर्दा तिवारीको शव फेला परेको हो। घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका डंगोललाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको छ।
प्रहरीले सीसीटीभी फुटेज र प्राविधिक विश्लेषणका आधारमा तिवारीको अन्तिम गतिविधि पत्ता लगाएको जनाएको छ। तिनपिप्ले चेकपोस्टको सीसीटीभीमा उनी सार्वजनिक बस चढेर काठमाडौंतर्फ गएको देखिएको थियो। त्यसपछि माछापोखरी चोकमा रहेको फुटेजमा उनी मोटरसाइकलमा सवार भई गोंगबुतर्फ गएको र पछि सामाखुसी हुँदै टोखातर्फ पुगेको देखिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा तिवारीको मोबाइल कल डिटेलमा हराएको दिन एक नम्बरमा बारम्बार सम्पर्क भएको देखिएको थियो, जुन नम्बर अनिल डंगोलको रहेको खुलेको प्रहरीको भनाइ छ। सोही संवादपछि तिवारीको मोबाइल बन्द भएको थियो।
पुनः नियन्त्रणमा लिएर सोधपुछ गर्दा डंगोलले घटनास्थल देखाएको र त्यसकै आधारमा शव फेला परेको प्रहरीले जनाएको छ। हत्या कहिले र कहाँ भएको हो, डंगोल एक्लै संलग्न थिए वा अन्य व्यक्तिको पनि भूमिका छ भन्नेबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
मृतकका परिवारले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। प्रारम्भिक जानकारीअनुसार डंगोल र तिवारीको परिवारबीच करिब आठ वर्षदेखि चिनजान रहेको र पारिवारिक तथा व्यवसायिक सम्बन्धसमेत रहेको खुलेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तिनपिप्लेबाट हराएकी सरीताको शव ११ दिन पछि टोखाको जंगलमा फेला ( हेर्नुहोस विवरण)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्