काठमाडौं । सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
सहरी विकास मन्त्रालयले छुटेका नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न आग्रह गरेको हो ।
वास्तविक भूमिहीन तथा आर्थिक अवस्थाका कारण स्व व्यवस्थापन गर्न असमर्थ नागरिकलाई दशरथ रंगशालास्थित प्राथमिक दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा उपलब्ध गराइने सेवा सुविधाको लाभ लिन पनि मन्त्रालयले आह्वान गरेको छ ।
वास्तविक सुकुमबासी र भूमिहीनलाई प्राथमिकतामा राखेर उनीहरूको समस्या समाधान गर्न सरकार लागिपरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले नागरिकहरूको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनस्र्थापनाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको हो ।






तपाईको कमेन्ट लेख्नुहोस्