तिमिल्सिना समाज नेपालको एघारौँ महाधिवेशन काठमाडौँमा हुँदै: बहुप्रतिक्षित वंशावली विमोचन गरिने
तिमिल्सिना समाज नेपालको एघारौँ महाधिवेशन तथा वंशावली विमोचन कार्यक्रम आगामी वैशाख ११ र १२ गते काठमाडौँमा भव्यताका साथ आयोजना हुने भएको छ। २०६३ सालको स्थापना काल देखिनै देश भरका तिमिल्सिनाहरू लाई गोलबद्ध गर्दै आएको समाजले यसपटक नयाँ नेतृत्व चयनसँगै ऐतिहासिक वंशावली सार्वजनिक गर्न लागेको हो।
समाजका महासचिव होम प्रसाद तिमिल्सिनाका अनुसार महाधिवेशनको प्रक्रिया वैशाख ११ गतेदेखिनै सुरु हुनेछ। सो दिन मनोनयन दर्ता, दाबी-विरोध लगायतका निर्वाचनका प्रारम्भिक प्रक्रियाहरू सम्पन्न गरिनेछन्।
वैशाख १२ गते महाधिवेशनको औपचारिक उद्घाटन सत्र सँगै विभिन्न सांगठनिक तथा आर्थिक प्रतिवेदनहरू पेश, छलफल र पारित गरिने कार्यतालिका छ। सोही दिन देशभरका तिमिल्सिना बन्धुहरूले लामो समयदेखि प्रतिक्षा गरिरहेको ‘तिमिल्सिना वंशावली’ को भव्य विमोचन गरिनेछ। कार्यक्रमलाई थप रोचक बनाउन विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत रहने छ।

विगत लामो समयदेखि देशभर छरिएर रहेका तिमिल्सिनाहरूको पहिचान र पुर्खाको इतिहास खोज्न क्रियाशील समाजले पूर्व अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाको संयोजकत्वमा यो वंशावली तयार पारेको हो। यस वंशावलीले तिमिल्सिना बन्धुहरूको एकता र ऐतिहासिक विरासतलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
समाजका अध्यक्ष दीपक तिमल्सेनाले महाधिवेशनलाई ऐतिहासिक बनाउन र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन देशभरका सम्पूर्ण तिमिल्सिनाहरूलाई सक्रिय उपस्थितिका लागि अपिल गर्नुभएको छ। “यो केवल एउटा संस्थाको अधिवेशन मात्र नभएर समग्र तिमिल्सिना परिवारको एकताको उत्सव हो,” अध्यक्ष तिमल्सेनाले भन्नुभयो।
ललितपुरको सानेपास्थित नेशनल ल कलेज (National Law College) मा आयोजना हुने यस कार्यक्रमले समग्र तिमिल्सिना समुदायको हित र आगामी रचनात्मक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #डा. रामकृष्ण तिमल्सेना, #तिमिल्सिना समाज नेपालको एघारौँ महाधिवेशन काठमाडौँमा हुँदै: बहुप्रतिक्षित वंशावली विमोचन गरिने, #दीपक तिमल्सेना, #होम प्रसाद तिमिल्सिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्