जंगली च्याउ खाएर संखुवासभामा थप एकको मृत्यु
सभापोखरी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेकामध्ये थप एक जनाको आइतबार मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी भएकी सभापोखरी २ गोठगाउँकी २४ वर्षीया अनिता राईको उपचार क्रममा विराटनगरमा मृत्यु भएको हो ।
गत २० गते शनिबार जंगली च्याउ खाएर तीन परिवारका १० जना बिरामी परेका थिए । १० जनामध्ये एक जनाको २६ गते मृत्यु भएको थियो । जिल्ला अस्पताल खाँदबारीमा अनिताको उपचार हुन नसकेपपछि बिराट नर्सिङ होममा उपचार क्रममा आइतबार बिहान ६ बजे मृत्यु भएको सभापोखरी गाउँपालिका २ का वडाध्यक्ष डिकबहादुर सुवेदीले बताउनुभयो ।
एकै गाउँका अन्य आठ जना भने उपचारपछि घर फर्किएका सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्