मत्स्यपोखरी प्रवर्द्धनका लागि चिचिलामा भलिबल र सांस्कृतिक महोत्सव
खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिकाले नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्द्धन गर्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत गाउँपालिकाले खुल्ला अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको हो ।
गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाका अनुसार मत्स्यपोखरी क्षेत्रको प्रचारप्रसार र पर्यटक आकर्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । चिचिला खेलकुद विकास समिति, वडा नं. ४ र स्वर्णीम मत्स्यपोखरी युवा क्लबको संयुक्त आयोजनामा कार्यक्रम हुने जनाइएको छ ।
भलिबल प्रतियोगिता चैत्र २६ गतेबाट सुरु भई बैशाख १ गते समापन हुनेछ। त्यसपछि सांस्कृतिक कार्यक्रम अन्तर्गत सामूहिक नृत्य प्रतियोगिता तथा चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ।
प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। पुरुषतर्फ विजेताले १ लाख ५५ हजार र महिलातर्फ विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
साथै अन्य विजेता तथा सेमिफाइनलिस्ट टिमहरूलाई पनि नगदसहित सम्मान गरिनेछ । स्थानीय तहले पर्यटन पूर्वाधार विकाससँगै प्रचारप्रसारमा जोड दिएको र कार्यक्रम सफल बनाउन सञ्चारकर्मीको साथ रहने अपेक्षा व्यक्त गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #खेलकुद, #चिचिला गाउँपालिका, #पर्यटन प्रवर्द्धन, #मत्स्यपोखरी प्रवर्द्धन, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्