सेकाहा क्लबकाे अध्यक्षमा सलबहादुर गुरूङ
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका-४ सेकाहामा रहेकाे सेकाहा सामुदायिक विकास क्लबकाे अध्यक्षमा सलबहादुर गुरूङ चयन भएका छन् ।
आज विहीबार भएकाे नवाै अधिबेशनले सलबहादुरलाई सर्वसम्मत अध्यक्षमा चयन गरेकाे हाे ।
११ सदस्यीय समितिकाे उपाध्यक्षमा रेखबहादुर गुरूङ, सचिव निरबहादुर थापा मगर, काेषाध्यक्ष टंक राई, सहसचिव साजन काफले, सहकाेषाध्यक्ष राेहन गुरूङ चयन भएका छन ।
त्यस्तै गरि समितिकाे सदस्यहरू सरिता गुरूङ, सविन गुरूङ, नन्दबहादुर गुरूङ चयन भएका छन भने २ जना महिला सदस्य समितिकाे पहिलाे बैठकले मनाेनित गर्नुपर्ने निर्वाचन समितिका संयाेजक विनाेद गुरूङले जानकारी दिए ।
०६५ सालमा स्थापना भएकाे क्लबले खेलकुदका साथै विभिन्न सामाजिक कामहरू गर्दै आएकाे छ ।
क्याटेगोरी : समाचार
ट्याग : #संखुवासभा, #सेकाहा सामुदायिक विकास क्लब
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्