रास्वपाका कार्यकर्ताबाट ज्यान मार्ने धम्की आएपछि सीआईबी जाँदै हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफूलाई सत्तारुढ दल रास्वपाका कार्यकर्ताबाट ज्यान मार्ने र घर जलाउने धम्की आएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिन जान लागेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष साम्पाङले यो जानकारी गराएका हुन् ।
‘मैले प्रतिपक्षको भूमिका निभाउँदै गर्दा यो रास्वपाको समर्थकले मलाई ज्यान मार्ने र मेरो घर जलाउने धम्की देको रैछ ! यही हो त रास्वपाको समर्थकको लाइन ?’ सांसद साम्पाङले फेसबुकमा लेखेका छन्, ‘आजै सीआईबीमा उजुरी लगाउँदैछौँ ! हेरौँ सीआईबीले काम गर्छ कि गर्दैन ! सरकारको एक पक्षीय दादागिरी रहे देश अराजकताले निल्नेछ !’
अध्यक्ष साम्पाङले सरकारको एक पक्षीय दादागिरी रहे देश अराजकताले निल्ने चेतावनी समेत दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #रास्वपाका कार्यकर्ताबाट ज्यान मार्ने धम्की आएपछि सीआईबी जाँदै हर्क साम्पाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्