दीपक खड्काको पक्राउप्रति कांग्रेस संखुवासभाको आपत्ति,
पुर्वप्रधानमन्त्री ओली र पुर्वगृहमन्त्री लेखकसम्बन्धी घटनाप्रति पनि चिन्ता
संखुवासभा, चैत १५ । नेपाली काँग्रेस संखुवासभा जिल्ला कार्यसमितिले पूर्वमन्त्री तथा पार्टी नेता दीपक खड्काको पक्राउप्रति गम्भीर आपत्ति जनाएको छ ।
आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा जिल्ला कार्यसमितिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत गरिएको उक्त पक्राउप्रति ध्यानाकर्षण भएको जनाएको हो । काँग्रेसले लोकतान्त्रिक मूल्य, विधिको शासन र मानवअधिकारप्रति प्रतिबद्ध एक जिम्मेवार नेतामाथि गरिएको यस्तो कारबाही राजनीतिक पूर्वाग्रहबाट प्रेरित देखिएको ठहर गरेको छ ।
विज्ञप्तिमा कुनै व्यक्तिमाथि आरोप लागेमा कानुनी प्रक्रिया अनुसार पहिले बोलाएर अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै एक्कासी पक्राउ गर्ने शैलीले विधिको शासनमाथि नै प्रश्न उठाएको उल्लेख गरिएको छ ।
काँग्रेसले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकसँग सम्बन्धित पछिल्ला घटनाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेको छ । यस्ता घटनाले राज्य शक्ति राजनीतिक प्रतिशोधका रूपमा प्रयोग भइरहेको आशंका बढाएको बताइएको छ ।
फरक राजनीतिक विचार राख्ने नेताहरूलाई लक्षित गरी गरिने कार्यवाहीले लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्ने र मुलुकलाई अनावश्यक द्वन्द्वतर्फ धकेल्ने खतरा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला कार्यसमितिले पूर्वमन्त्री दीपक खड्कासहित सम्बन्धित नेताहरूलाई बिना शर्त तत्काल रिहा गर्न माग गर्दै यस्ता गतिविधि तुरुन्त रोक्न सरकारसँग आग्रह गरेको छ ।
साथै, सुरक्षा निकायहरूलाई कुनै पनि प्रकारको राजनीतिक दबाबमा नपरी स्वतन्त्र, निष्पक्ष र कानुनी दायराभित्र रही आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पक्राउ, #पुर्वगृहमन्त्री रमेश लेखक, #पुर्वप्रधानमन्त्री केपि ओली, #पुर्वमन्त्री दिपक खड्का, #बिरोध, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्