Techie IT
आईतबार, जेठ ३,२०८३

पूर्वप्रधानमन्त्री ओली त्रिवि अस्पतालमा भर्ना


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् ।

अध्यक्ष ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षणको ‘एनेक्स वान’को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।

शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो ।

शुक्रबार बालेन साह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दा चलाउने जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #पूर्वप्रधानमन्त्री ओली त्रिवि अस्पतालमा भर्ना


तपाईको कमेन्ट लेख्नुहोस्