बालेन सरकारका कुन मन्त्रीको उमेर कति ?
प्रधानमन्त्री बालेन्द्र साह (बालेन) नेतृत्वको नयाँ सरकार उमेरका हिसाबले निकै युवा देखिएको छ। ३६ वर्षका प्रधानमन्त्रीसहित अधिकांश मन्त्री ४० वर्षमुनिका रहेपछि यसलाई नयाँ पुस्ताको वर्चस्व भएको सरकारका रूपमा हेरिएको हो।
सरकारमा ३० वर्ष उमेरकी सोविता गौतम कानुन मन्त्री र सीता वादी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेकी छन्। ३२ वर्षकी प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा छिन् भने ३३ वर्षकी गीता चौधरी कृषि मन्त्रालय सम्हाल्ने भएकी छन्।
यस्तै, ३४ वर्षका दीपक साह श्रम मन्त्री, ३५ वर्षका सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन्। यसैगरी, गृहमन्त्री सुदन गुरूङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा महतोको उमेर ३८ वर्ष रहेको छ ।
शिक्षा मन्त्रालयको जिम्मेवारी सस्मित पोखरेलले सम्हाल्ने भएका छन् जो हालसम्मका मन्त्रीमध्ये सबैभन्दा कम उमेरका हुन्। पोखरेलको उमेर २९ वर्ष रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बालेन सरकारका कुन मन्त्रीको उमेर कति ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्