नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति राचन्द्र पौडेलले संविधानको धारा ७६ (१) बमोजिम शपथ गराएका हुन् ।
बालेनको शपथ समारोहमा उच्च पदस्थको बाक्लो उपस्थिति रहेको थियो । दुईजना पूर्वप्रधानमन्त्री भने शपथमा सहभागी भएनन् । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा शपथमा सहभागी नभएका हुन् ।
देउवा देश बाहिर छन् भने ओली काठमाडौंमै भएर पनि उपस्थित नभएका हुन् ।
पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईसहित संवैधानिक अंगका पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख, विभिन्न राजनीतिक दलका नेता तथा उच्च पदस्त कर्मचारी शपथ ग्रहण समारोहमा सहभागी भएका थिए ।





