काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा यौन धन्दा चलाउँदै आएका २० जना विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरु युगान्डाका रहेको प्रहरीले जानकारी दिएको छ । पर्यटक भिसामा नेपाल आएर उनीहरूले यौन धन्दा गर्दै आएका थिए ।
उनीहरुले काठमाडौंको ठमेल स्थितमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई केही व्यक्तिहरूले सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गरी बाटोमा हिँड्ने सर्वसाधारण मानिसहरूलाई समेत दुःख हैरानी दिने गरेका थिए ।
उनीहरुलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको को म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।












प्रतिक्रिया