भारतद्धारा नेपाली भूमि अतिक्रमण गरेकोमा महासंघद्धारा भत्र्सना
काठमाडौ २८ वैशाख । नेपाल पत्रकार महासंघले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्म करिव २२ किलोमिटर सडक निर्माण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी दुई देशबीच सहमति र सन्धि भई सीमाको सिमाङ्कन भइसकेको अवस्थामा भारतद्वारा त्यसलाई नजरअन्दाज गरी एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु आफैंमा दुःखद् र खेदजनक कार्य भनेको बताएका छन् ।
विज्ञप्तिमा भारतको यो कदमले नेपालको सार्वभौमसत्तामा आघात पुग्नुका साथै दुई देशबीचको प्रगाढ सम्बन्धमा समेत खलल् पुग्ने खतरा बढेको महासंघको ठहर छ ।
महासंघ भारतद्वारा गरिएको यो अतिक्रमण तत्काल रोक्न र कूटनीतिक पहलद्वारा समस्या समाधान गरी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #नेपाल पत्रकार महासंघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्