Techie IT
शुक्रबार, चैत्र १३,२०८२

सेयर बजार ८ महिनाकै उच्च अंकमा, १० प्रतिशत बढे ६ कम्पनी


१० चैत, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से करिब ८ महिनाकै उच्च अंकमा पुगेको छ । मंगलबार २३.८३ अंकको वृद्धिसँगै नेप्से २९६० अंकमा पुगेको छ । यो अंक गत साउन १३ गतेयताकै उच्च हो ।  कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १५ अर्ब ७८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ८३ करोडको भयो ।

१३६ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ११ को स्थिर रह्यो । व्यापार समूह सबैभन्दा धेरै ९.१२ प्रतिशत बढ्यो । यस समूहमा जम्मा दुई कम्पनी सूचीकृत छन् । तीमध्ये बजारकै सबैभन्दा शक्तिशाली कम्पनी विशाल बजारको मूल्य ९.९१ प्रतिशत बढेसँगै व्यापार समूह सबैभन्दा धेरै बढेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #१० प्रतिशत बढे ६ कम्पनी, #सेयर बजार ८ महिनाकै उच्च अंकमा


तपाईको कमेन्ट लेख्नुहोस्