काठमाडौं मोडेल कलेजद्वारा विश्व सामाजिक कार्य दिवस २०८२ भव्य नीति संवादसहित सम्पन्न
काठमाडौँ मोडेल कलेजको आयोजना तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभाग (CPDS) को सह-आयोजनामा तथा युडब्लुएस नेपाल, चाइल्ड नेपाल, हामी दाजुभाइ, स्वतन्त्रता अभियान नेपाल तथा यूवालयको सहकार्यमा विश्व सामाजिक कार्य दिवस (World Social Work Day) को अवसरमा “सामाजिक सद्भाव, एकताबद्ध तथा समावेशी समाज प्रवर्द्धनका लागि नीति संवाद” शीर्षकमा विशेष कार्यक्रम २०८२ चैत ३ गते भव्य समापन समारोह तथा नीति संवादका साथ सम्पन्न भएको हो ।
सामाजिक कार्य (BSW) तथा मनोविज्ञान कार्यक्रमका विद्यार्थीहरूले महिनाभरि समुदाय केन्द्रित विविध कार्यक्रमहरू सञ्चालन गर्दै सामाजिक उत्तरदायित्व र समावेशी विकासप्रतिको आफ्नो गतिविधिहरु पनि गरेका थिए। सो अवसरमा सामाजिक कार्य क्षेत्रका विज्ञहरूले सामाजिक सेवा केवल संस्थागत परियोजनामा सीमित नभई सूक्ष्मदेखि स्थूल तहसम्म र व्यक्तिगतदेखि व्यापक सामाजिक संरचनासम्म व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कलेज प्रमुख सुरेन्द्र सुवेदीले व्यवहारिक तथा प्रयोगात्मक शिक्षाको महत्त्व औँल्याउँदै शिक्षा समाज रूपान्तरणको प्रभावकारी माध्यम भएको बताए । उनले परिवर्तनशील समाजमा विद्यार्थीहरू परिवर्तनका प्रमुख वाहक भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले उनीहरूलाई यथार्थपरक अवस्था बुझ्न र सामाजिक समस्याको समाधान खोज्न सक्षम बनाउने बताए। कलेजको आन्तरिक गुणस्तर प्रत्यायन प्रमुख ध्रुव प्रसाद तिमल्सेनाले यस्ता कार्यक्रमहरू औपचारिकतामा सीमित नभई सरोकारवालाहरूलाई सचेत गराउँदै नीति निर्माण प्रक्रियामा सक्रिय सहभागिताका लागि प्रेरित गर्ने माध्यम भएको धारणा व्यक्त गरे। उनले समावेशिता, सामाजिक सद्भाव, समानता र न्याय जस्ता संवैधानिक मूल्यहरूको सुनिश्चिततामा यस्ता पहलहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।
बिए तथा बिबिएसका कार्यक्रम प्रमुख एलिसराज राजोपाध्याले यस्ता संवादहरूले विद्यार्थीहरूको सामाजिक मुद्दाप्रतिको बुझाइ अभिवृद्धि गर्दै उनीहरूलाई अर्थपूर्ण सहभागिता र सुधारका लागि मार्गनिर्देशन प्रदान गर्ने बताए । सामाजिक कार्य विभाग प्रमुख अमित राज श्रेष्ठका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिताले युवाहरूले समाजमा सद्भाव, समानता र न्याय प्रवर्द्धनमा खेल्न सक्ने भूमिकामाथि सार्थक छलफल भएको थियो । कार्यक्रमको सुरुवातमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभाग प्रमुख पिताम्बर भण्डारीले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा चर्चित आरोही तथा फोटो पत्रकार पुर्णिमा श्रेष्ठले सगरमाथाको पाँच पटकको सफल आरोहणसहित आफ्ना प्रेरणादायी अनुभवहरू बारे चार्चा गर्नु भएको थियो । अन्य विशिष्ट बक्ताहरूमा डा. मीना पौडेल, ऋतु भट्ट राई, अशोक सिवाकोटी, जेन – जे प्रतिनिधि प्रतीश श्रेष्ठ, अविनाश झा, प्रियंका कपर, चुप बहादुर थापा र मनोरमा सुनुवार रहेका थिए । कार्यक्रम दुई सत्रमा विभाजित थियो । पहिलो सत्र ” सामाजिक कार्य र शान्ति निर्माणसम्बन्धी नीति संवाद” ओजस्वी शाहले सञ्चालन गरेकी थिइन् भने दोस्रो सत्र “विविधतामा एकता र समावेशी समाजसम्बन्धी नीति संवाद” बीए दोस्रो वर्षकी छात्रा सुश्री अनोमा सिंहले सञ्चालन गरेकी थिइन् ।
आन्तरिक गुणस्तर प्रत्यायन प्रमुख आन्तरिक गुणस्तर प्रत्यायन प्रमुख संवादको निष्कर्षस्वरूप छलफलका आधारमा नीति संक्षेप (Policy Brief) तयार गरी कानून निर्मातासमक्ष पेश गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रम काठमाडौं मोडेल कलेजा कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा केएमसी एजुकेसनल नेटवर्कका अध्यक्ष रामेश्वर अर्यालको सभापतित्वमा सम्पन्न भएको उक्त कारक्रममामा नागरिक समाज, विकास साझेदार संस्था, निजी क्षेत्र तथा विद्यार्थीहरू गरी २०० भन्दा बढी सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले महिनाभर सञ्चालन भएका गतिविधिहरूमा सक्रिय सहभागिता जनाएका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्