Techie IT
बिहीबार, चैत्र १९,२०८२

काठमाडौँ भोटेबहालमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु


काठमाडौँ । काठमाडौँ महानगरपालिका–१२ भोटेबहालमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको ज्यान गएको छ। मृत्यु हुनेमा टेकु बस्दै आएका भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिसकुमार कुसवाह रहेका छन्।

शुक्रबार साँझ कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले उनीहरूलाई ठक्कर दिँदा गम्भीर घाइते बनाएको थियो। उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइए पनि गएराति दुवै जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिएका छन्।

घटनामा संलग्न बस चालक दोलखा घर भई हाल कपन बस्दै आएका ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँ भोटेबहालमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्