आज एक जनामा संक्रमण, संक्रमित ११० पुगे
काठमाडौँ, २८ वैशाख ः आज पुनः एक जनामा कोरोना भाइरस (कोभिड– १९)को संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह– प्रवक्ता डा. समिरकुमार अधिकारीले उदयपुरको भुल्केका ४३ बर्षिय महिलामा संक्रमण देखिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार ती महिलाको विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षणका क्रममा संक्रमण देखिएको हो ।
यो सँगै नेपालमा ११० जनामा कोभिड – १९ को संक्रमण देखिएको छ । ति संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहनुका साथै स्वास्थ्यकर्मीको निगरानीमा रहेको उहाँले जानकारी दिनुभएको छ ।
नेपालमा पहिलो संक्रमित माघ ९ गते फेला परेको थियो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #कोभिड १९
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्