तारकेश्वरमा पहिलोपटक घोडेजात्रा महोत्सव: टुसाल चउरमा भव्य तयारी, टुँडिखेलको झल्को भोलि
काठमाडौं । तारकेश्वर नगरपालिकामा पहिलोपटक घोडेजात्रा महोत्सव आयोजना हुने भएको छ। एभरेस्ट हर्स राइडिङ एण्ड बग्गी प्रा.लि.को आयोजना तथा तारकेश्वर नगरपालिकाको समन्वयमा तानपा–८ स्थित टुसाल चउर (पिपलडाँडा खेलमैदान) मा बुधबार उक्त महोत्सव हुन लागेको हो।
आयोजकका अनुसार कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुनेछ। निजी क्षेत्रको पहलमा स्थानीय स्तरमै घोडेजात्रा मनाउन लागिएको यो नेपालमै पहिलो प्रयास भएको सञ्चालक अर्यालले जानकारी दिए।
यसअघि एभरेस्ट हर्स राइडिङ एण्ड बग्गी प्रा.लि.ले विवाह, ब्रतबन्ध, महोत्सव लगायतका विभिन्न अवसरमा घोडा तथा बग्गी सेवा प्रदान गर्दै आएको थियो। साथै विद्यालयस्तरमा पुगेर बालबालिकालाई घोडा चढाउने कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।
महोत्सवमा मार्चपास (बेन्ड, बग्गी, एनसिसी), एनसिसी नृत्य, घोडा दौड प्रतियोगिता, कुमारी नृत्य, रिले घोडचढी, भल्टिङ, सुदूरपश्चिमको छलिया नृत्य, म्यूजिकल राइड (जेन्ट्स तथा लेडिज), नेवारी नृत्य, सिक्स बार जम्प, शो जम्प र फायर जम्प लगायत विविध आकर्षक कार्यक्रमहरू रहने आयोजकले जनाएको छ।
घोडेजात्रा काठमाडौं उपत्यकामा चैत कृष्ण औँसीका दिन मनाइने प्राचीन सांस्कृतिक पर्व हो। मल्लकालदेखि टुँडिखेलमा मनाउँदै आएको यो पर्व गुरुमापा नामक राक्षसको आत्मालाई घोडाको टापले दबाइ बालबालिकाको रक्षा गर्ने विश्वाससँग जोडिएको छ। यस अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडा दौडाउने परम्परा रहिआएको छ।
पिशाच चतुर्दशीका रूपमा समेत चिनिने यस दिन भगवान शिवको पूजा–अर्चना, नाचगान र परम्परागत सांस्कृतिक गतिविधिहरू गरिन्छन्। टुँडिखेल आसपास रहेको लुकुवा महादेव (पिशाचेश्वर महादेव) को पूजा गर्ने चलन पनि रहिआएको छ।
तारकेश्वर नगरपालिकामा आयोजना हुन लागेको यो घोडेजात्रा स्थानीय तहमा पहिलो प्रयास भएकाले यसलाई वार्षिक पर्वका रूपमा निरन्तरता दिन सकिने विश्वास गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा पहिलोपटक घोडेजात्रा महोत्सव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्