मेरो काम पार्टी फुटाउने होइन, जोड्ने हो ः नेता गौतम
काठमाडौं, वैशाख २८ गते । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले पार्टी बलियो बनाउनेमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभएको छ ।
गोरखापत्रसँग शनिबार सङ्क्षिप्त कुरा गर्नुहुँदै नेता गौतमले भन्नुभयो, “पार्टी बलियो भयो भने सरकार बलियो हुन्छ, सरकार बलियो भए देश र जनताको पक्षमा काम गर्न सक्षम हुनेछ । ”
कोरोना महामारीले देशको सङ्कटपूर्ण यो अवस्थामा पार्टी र सरकार दुवै बलियो बनाउनेमा सबैको ध्यान जानुपर्ने भन्दै आफूलाई जोडेर मिडियामा विभिन्न थरीका समाचार आएकोमा आफूलाई दुःख लागेको उहाँको भनाइ छ ।
यही वैशाख १७ गतेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राख्नुभएपछि मिडियाले आफूखुसी समाचार बनाएको प्रस्ट पार्नुहुँदै नेता गौतमले ‘प्रधानमन्त्री बन्नुपर्छ’ भन्ने प्रस्ताव आफूले बैठकमा नगरेको प्रस्ट पार्नुभयो । यस्तै वैशाख २० गते बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको सदस्य बनाउने निर्णय गरेको थियो ।
सो निर्णयपछि नेता गौतमलाई प्रधानमन्त्री बनाउने तयारी पार्टीले गरेको अनुमानसहितका समाचार मिडियाले सम्प्रेषण गरेका थिए । तर सो बैठकमा पनि आफूले प्रधानमन्त्री हुनुपर्ने माग नगरेको उहाँले प्रस्ट पार्नुभयो ।
“पार्टीले आवश्यक ठानेर निर्णय गर्छ भने त्यसलाई अस्वीकार गर्ने कुरा रहँदैन तर मैले प्रधानमन्त्री हुनुपर्छ भनेको छैन”, नेता गौतमले स्पष्ट पार्दै थप्नुभयो, “पार्टीको जिम्मेवार नेता तथा कार्यकर्ताको हिसाबले पार्टीले गर्ने निर्णयविरुद्ध त म जान सक्दिनँ । ”
केही दिनयता आफूविरुद्धको तथ्यहीन समाचार शृङ्खलाबद्ध रूपमा प्रकाशित हुँदा आफूलाई आश्चर्य लागेको बताउनुहुँदै नेता गौतमले भन्नुभयो, “नबोलेको कुरा पनि बिनास्रोत समाचार आउँछ । भ्रममा पार्ने काम भइरहेको छ ।
” जनताले बहुमत दिएर पठाएको वर्तमान सरकार ढलेमा मुलुक पुनः अस्थिरतामा जाने भन्नुहुँदै नेता गौतमले नेकपाका अध्यक्ष ओली नेतृत्वको सरकारले मुलुकको समृद्धि कायम गरेर मात्रै विश्राम लिनुपर्छ भन्नुभयो ।
यसअघि नेता गौतमले तत्कालीन नेकपा ९एमाले० र माओवादी केन्द्रलाई एकता प्रक्रियामा लैजान महìवपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँकै प्रयास र पहलमा दुई पार्टीबीच २०७५ जेठ ३ गते एकता सम्भव भएको थियो । सभार गोरखापत्र
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #वामदेव गौतम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्