Techie IT
बिहीबार, असार १८,२०८३

त्रिशुली–सामरी सडक खण्डमा इभी गाडी दुर्घटना, मानवीय क्षति भएन


नुवाकोट । त्रिशुली–सामरी सडक खण्डअन्तर्गत भञ्ज्याङ फेदी नजिकै एउटा इभी (EV) गाडी दुर्घटनामा परेको छ।

बा ००१ ज ००३६ नम्बरको इभी गाडी सडकबाट अनियन्त्रित भई दुर्घटना भएको स्थानीय स्रोतले जनाएको छ। दुर्घटनापछि गाडीमा सामान्य क्षति पुगेको बताइएको छ।

घटनामा भने कुनै मानवीय क्षति नभएको बुझिएको छ। दुर्घटनापछि स्थानीय तथा प्रहरीको सहयोगमा गाडीलाई सुरक्षित स्थानमा सारिएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #त्रिशुली–सामरी सडक खण्डमा इभी गाडी दुर्घटना, #मानवीय क्षति भएन


तपाईको कमेन्ट लेख्नुहोस्