शिवपुरी गुरुङगाउँमा गाडी सिक्ने क्रममा दुर्घटना, मोटरसाइकलमा सवार सैनिक घाइते
नुवाकोट — नुवाकोटको शिवपुरी गाउँपालिका–७ गुरुङगाउँमा सडक दुर्घटना भएको छ। केन्द्रीय कारागार नुवाकोटका प्रमुखले गाडी सिक्ने क्रममा मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार छहरे–टोखा सडकखण्डको व्यस्त सडकमा गाडी चलाउन सिकिरहेका बेला सो गाडीले नेपाली सेनाका कर्मचारी सवार मोटरसाइकललाई सिधै ठक्कर दिएको हो। ठक्करबाट मोटरसाइकलमा सवार सैनिक घाइते भएका छन्।
दुर्घटनापछि घाइतेको अवस्था र उपचारबारे थप विवरण आउन बाँकी रहेको छ। व्यस्त सडकमा गाडी सिक्दा दुर्घटना भएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #शिवपुरी गुरुङगाउँमा गाडी सिक्ने क्रममा दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्