पिसिआर नेगेटिभ आएपछि संखुवासभामा क्वारेन्टाइनका ४ जनालाई घर पठाइयो
संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिकाको क्वारेन्टाइनमा बसेका ४ जनालाई घर पठाइएको छ । उनीहरुलाई बरुण बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।
१४ दिन पूरा भएपछि र्यापिड डाइनोस्टिक टेस्ट रिपोर्ट नेगेटिभ आएकाले घर पठाइएको खाँदबारी नगरप्रमुख मुरारी प्रसाद खतिवडाले जानकारी दिनुभयो । लकडाउन छिचोल्दै उनीहरु सिन्धुपालचोकबाट लुकिछिपी आएका थिए । क्वारेन्टाइनमा राखिएकालाई नगरप्रमुखले खादा लगाएर बिदाइ गर्नुभएको छ । घर पठाइएका एक महिला र तीन पुरुष छन् । उनीहरुलाई १२ गतेबाट बरुण क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए ।
संखुवासभामा हालसम्म ९५ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्