नैतिक जिम्मेवारी लिँदै कांग्रेस उपसभापति जिमीको राजीनामा
संखुवासभा । नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिका उपसभापति रामकुमार जिमीले पदबाट राजीनामा दिनुभएको छ ।
हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारले मादी नगरपालिका तथा आफ्नै मतदान केन्द्रमा अपेक्षाअनुसार मत प्राप्त गर्न नसक्दा पराजय भोग्नुपरेको अवस्थालाई नैतिक जिम्मेवारीका रूपमा लिँदै उहाँले पदबाट राजीनामा दिनुभएको हो ।
जिमीले जिल्ला कार्यवाहक सभापतिलाई सम्बोधन गरी दिएको राजीनामा पत्रमा निर्वाचन प्रचारप्रसारमा सक्रिय रूपमा खटिनुहुने पार्टीका नेताकार्यकर्ता तथा समर्थकप्रति आभार व्यक्त गर्नुभएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #उपसभापति रामकुमार जिमि राजिनामा, #निर्वाचन फागुन २१, #नेपाली कांग्रेस, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्