Techie IT
शुक्रबार, वैशाख ४,२०८३

रास्वपाको अडिओ प्रकरण : तीन दिनभित्र प्रमाण पेश गर्न साहुलाई रास्वपाको निर्देशन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषा–२ मा उम्मेदवार छनोटका क्रममा आर्थिक चलखेल भएको आरोप लगाउने दिनेश साहुलाई तीन दिनभित्र प्रमाण पेश गर्न निर्देशन दिएको छ।

धनुषा–२ मा पार्टीले रामविनोद यादवलाई उम्मेदवार बनाएको छ। टिकट नपाएपछि असन्तुष्ट बनेका साहुले सार्वजनिक भएको एक अडियोमा टिकट वितरणमा पैसाको प्रभाव परेको दाबी गरेका छन्। उनले अडियो आफ्नो भएको पुष्टि गर्दै आरोपमा आफू अडिग रहेको बताए ।

यता रास्वपाले भने आरोप गम्भीर भएकाले प्रमाणसहित स्पष्ट पार्न साहुलाई पत्र पठाएको जनाएको छ। जिल्ला सभापतिका अनुसार टिकट वितरण प्रक्रिया विधिसम्मत भएको र कुनै गडबडी नभएको दाबी गरिएको छ।

पार्टीले आरोप पुष्टि हुन नसके विधानअनुसार कारबाही हुन सक्ने संकेत दिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपाको अडिओ प्रकरण :


तपाईको कमेन्ट लेख्नुहोस्