बालेको नेतृत्व रहेको काठमाडौं महानगर कामको आधारमा सबभन्दा कमजोर, के के काममा फेल ?
काठमाडौं — काठमाडौं महानगरपालिका देशका ६ महानगरपालिकामध्ये कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको छ। प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको वार्षिक मूल्याङ्कन अनुसार काठमाडौंले १०० पूर्णाङ्कमध्ये ४४.९७ अंक मात्रै प्राप्त गरेको छ।
मूल्याङ्कनमा विराटनगर शीर्ष स्थानमा रहँदै ७८.११ अंक हासिल गरेको छ भने ललितपुर ७६.३३, भरतपुर ६८.०४, पोखरा ५८.७६, र वीरगञ्ज ५४.०० अंक प्राप्त गरेका छन्।
मूल्याङ्कनको आधार
आयोगले स्थानीय तहहरूको बजेट खर्च, राजस्व सङ्कलन, वित्तीय अनुशासन र सेवा प्रवाहका १७ मुख्य सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ। यसै आधारमा केन्द्र सरकारबाट प्राप्त हुने समानिकरण अनुदानको परिमाण निर्धारण हुन्छ।
-
बजेट समयमै पेस नगर्नु: कानुन अनुसार असार १० गतेभित्र बजेट पेस गर्नुपर्ने भए पनि काठमाडौंले समयमै बजेट पेश नगरेको कारण ० अंक पाएको छ।
-
बजेट प्रक्षेपण र समीक्षा: काठमाडौं र वीरगञ्जले वार्षिक बजेट प्रक्षेपण र समीक्षा कार्यमा ० अंक पाएका छन्। विराटनगर र ललितपुरले पूर्ण १० अंक हासिल गरेका छन्।
-
वित्तीय अनुशासन: सबै महानगरले कर राजस्व प्रदेश सरकारमा बुझाउने काममा पूर्ण अंक पाए। तर बेरूजु फर्स्यौट सुधारमा काठमाडौं, पोखरा र वीरगञ्जले ० अंक पाएका छन्।
-
बजेट खर्च: विनियोजित बजेट र वास्तविक खर्चको अनुपातका आधारमा सबै महानगरले ० अंक पाएका छन्।
-
सामाजिक सेवा: पूर्ण खोप, गर्भ जाँच, सुत्केरी सेवा र शिक्षा क्षेत्रमा काठमाडौं कमजोर देखिएको छ। ४ पटक गर्भ जाँच गर्ने सूचकमा काठमाडौंले मात्र ०.५३५७ अंक पाएको छ।
-
प्रविधिको प्रयोग: सूत्र प्रणाली र अनलाइन पोर्टलमा विवरण प्रविष्टिमा सबै महानगरले उत्कृष्ट प्रदर्शन गरेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेको नेतृत्व रहेको काठमाडौं महानगर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्