अपडेट: मन्थलीमा बस दुर्घटना हुँदा नौं जनाको मृत्यु, १० को उद्दार
रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा नौं जनाको ज्यान गएको छ ।
काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस मंगलबार बिहान अन्दाजी ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो ।
दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म नौं जनाको शव तामाकोशीमा डुबेको बसबाट निकालिएको छ ।
१० जना भन्दा बढीलाई उद्दार गरि उपचारका लागि अस्पताल पठाइएको छ । तामाकोशीमा डुबेको बसबाट अन्यलाई निकाल्ने प्रयास जारी रहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मन्थलीमा बस दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्