दमनभन्दा संवाद रोज्न सरकारलाई काँग्रेस नेता खड्काको आग्रह
दुर्गा प्रसाईंको पक्राउप्रति असहमति
काठमाडौं, ८ फागुन : नेपाली कांग्रेसका नेता तथा निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सरकारलाई दमनको सट्टा संवादको बाटो अपनाउन आग्रह गर्नुभएको छ ।
आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उहाँले पछिल्लो समय नागरिकका मौलिक हक तथा स्वतन्त्रतामा संकुचन ल्याउने प्रयास भएकोप्रति चिन्ता व्यक्त गर्नुभएको हो । संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सूचनाको हक र शान्तिपूर्ण असहमति जनाउने अधिकारलाई कुनै पनि बहानामा कमजोर पार्न नहुने उहाँको भनाइ छ ।

विज्ञप्तिमा सामाजिक अभियन्ता दुर्गा प्रसाईंको पटकपटकको पक्राउप्रति आपत्ति जनाउँदै उहाँले यस प्रकारका गतिविधि लोकतान्त्रिक मूल्य र संवैधानिक मर्मअनुकूल नहुने उल्लेख गर्नुभएको छ । संवैधानिक अधिकारको प्रयोग गर्दै सरकारका कामकारबाहीमाथि आवाज उठाउनु लोकतान्त्रिक अभ्यास भएको उहाँले बताउनुभएको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनु सरकारको दायित्व भएको उहाँले स्मरण गराउनुभएको छ । उम्मेदवारहरूले मतदातासँग स्वतन्त्र रूपमा भेटघाट तथा प्रचारप्रसार गर्न पाउने वातावरण सुनिश्चित गरिनुपर्ने उहाँको माग छ ।
उहाँले अभिव्यक्तिका आधारमा गरिएका गिरफ्तारी बन्द गर्न, थुनामा रहेकालाई रिहा गर्न, नागरिक अधिकार तथा विधिको शासनको सम्मान गर्न तथा मुलुकका समस्यालाई संवाद र सहमतिमार्फत समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
“दमन होइन, संवाद; डर होइन, विश्वास र अस्थिरता होइन, स्थिरता नै राष्ट्र निर्माणको मार्ग हो,” नेता खड्काको विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #दिपक खड्का, #दुर्गा प्रसाई रिहाई, #नेपाली कांग्रेस, #प्रेस बिज्ञप्ति, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्