Techie IT
आईतबार, जेठ १०,२०८३

कांग्रेस नेता गगन थापाले कांग्रेस भ्रष्टाचारविरुद्ध योद्धा बनेर आएको बताएका छन्।


नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान अवस्थामा मुलुकलाई सम्हाल्ने सक्षम शक्तिको आवश्यकता रहेको बताएका छन्। शुक्रबार कास्की कांग्रेसको सभालाई सम्बोधन गर्दै उनले देशमा निराशा र अविश्वासको अवस्था गहिरिँदै गएकाले यस्तो समयमा संयमित र जिम्मेवार नेतृत्व आवश्यक रहेको टिप्पणी गरे।

‘आगो लगाउन जो–कोही सक्छ, तर निभाउन धैर्य र क्षमता चाहिन्छ,’ सभापति थापाले भने, ‘उत्तेजना फैलाउन सजिलो हुन्छ, तर चेतनाको राजनीति गर्ने शक्ति अहिले आवश्यक छ।’

उनले देशलाई सम्हाल्ने त्यो क्षमता कांग्रेससँग रहेको दाबी गर्दै नागरिकको असन्तुष्टिको जवाफ सुधारमार्फत दिन सकिने बताए। राज्यका संस्था, संविधान, अदालत तथा राजनीतिक दलप्रति फैलिएको अविश्वासका कारण देशले आत्मविश्वास गुमाएको जस्तो अवस्था सिर्जना भएको उनले उल्लेख गरे।

भ्रष्टाचार नै निराशाको मूल कारण भएको दाबी गर्दै उनले भ्रष्टाचारविरुद्ध लड्ने प्रमुख शक्ति अहिले कांग्रेस बनेर उभिएको बताए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्