Techie IT
आईतबार, जेठ १०,२०८३

ओली आज झापा पुग्दैछन्।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार (आज) गृहजिल्ला झापा जाने कार्यक्रम रहेको छ। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा–५ बाट उम्मेदवार रहेका ओली चुनावी प्रचारप्रसारका कार्यक्रममा सहभागी हुन झापा जान लागेका हुन्।

निकट स्रोतका अनुसार उनी मध्यान्ह हवाई मार्ग हुँदै झापा पुग्ने तयारीमा छन्।

झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) समेत उम्मेदवार भएपछि त्यहाँको चुनावी प्रतिस्पर्धा थप पेचिलो बनेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्