निर्वाचन आयोगले ढुक्कैसँग निर्वाचन हुने र कसैले बिथोल्न नसक्ने जनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अब शान्तिपूर्ण निर्वाचन हुने वातावरण तयार भइसकेको बताएका छन्। प्रारम्भमा शान्ति सुरक्षाको विषयलाई लिएर चासो रहे पनि हाल त्यो अवस्था नरहेको उनको भनाइ छ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार र त्यसपछि घोषणा गरिएको निर्वाचनका कारण सुरक्षाबारे प्रश्न उठ्नु स्वाभाविक भएको उल्लेख गर्दै भण्डारीले आयोगले सरकार तथा सुरक्षा निकायसँग निरन्तर संवाद गरेको जानकारी दिए।
दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षालाई केन्द्रमा राखेर गरिएको छलफलपछि अहिले सुरक्षा निकाय सक्षम रहेको निष्कर्षमा आयोग पुगेको उनले बताए।
‘अब निर्वाचन ढुक्क र शान्तिपूर्ण हुन्छ,’ भण्डारीले भने, ‘बिथोल्न खोज्ने तत्त्वहरू सुरुमै परास्त भइसकेका छन्।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्