अवैध खानी विस्फोटले भारत शोकमा, दुई नेपालीले ज्यान गुमाए
भारतको मेघालय राज्यमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा खोटाङ बराहपोखरी गाउँपालिकाका एउटै परिवारका दुई दाजुभाइको घटनास्थलमै ज्यान गएको छ। मेघालयको उम्साङघाट क्षेत्रमा सञ्चालन भइरहेको कोइला खानीमा बिहीबार भएको विस्फोटमा परी बराहपोखरी गाउँपालिका–१ सालघारीभञ्ज्याङका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको मृत्यु भएको हो।
उक्त दुर्घटनामा बराहपोखरी भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर तथा उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन्।
भारतीय सञ्चार माध्यमका अनुसार खानी विस्फोटमा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ। उम्साङघाटस्थित कोइलाखानीमा भएको घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।
यस दुःखद घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही दुई लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइने घोषणा गरेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्