अर्थमन्त्रीद्वारा निर्धक्क रूपमा निर्वाचनमा खटिन आग्रह
अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारीमा जुट्न सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ। निर्वाचन तयारीको स्थलगत अनुगमनका लागि बागलुङ पुगेका अर्थमन्त्री खनालले आम नागरिकले शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्न पाउने व्यवस्था सरकारले गरिरहेको जानकारी दिनुभयो।
उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयको अनुगमन गर्नुभएको थियो। अनुगमनपछि जिल्लास्थित सुरक्षा समितिको बैठकमा सहभागी भई निर्वाचन अवधिको सुरक्षा व्यवस्था, प्रहरी परिचालनलगायत विषयमा जानकारी लिनुभएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्