Techie IT
शुक्रबार, असोज ९,२०८३

ओलीको टिप्पणी: देश चलाउनु गुच्चा खेलेजस्तो होइन


नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभवहीन व्यक्तिहरूले प्रधानमन्त्री बन्ने दाबी गर्नु हास्यास्पद भएको बताएका छन्। बुधबार बेलुका झापावासीसँगको भेटघाट कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।
देश सञ्चालन कुनै खेल वा ठट्टाको विषय नभएको उल्लेख गर्दै उनले देश चलाउन दर्शन, नीति र सिद्धान्त आवश्यक पर्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै ओलीले एउटा पनि आमनिर्वाचन नलडेको व्यक्ति प्रधानमन्त्री बन्ने दाबी गरिरहेको टिप्पणी गरे।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्