Techie IT
मंगलबार, साउन १२,२०८३

आजदेखि होटल फरेष्ट इनको आईपीओमा आवेदन दिन सकिने


होटल फरेष्ट इन लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई लक्षित गर्दै ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो।
कुल निष्कासित शेयरमध्ये २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ। साथै, मेरो शेयर प्रणालीमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्