Techie IT
शनिबार, असोज १०,२०८३

संसद् पुनर्स्थापना नै देशको लोकतन्त्र र संविधान मजबुत बनाउने उपाय : राजन भट्टराई


नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले संसद् पुनर्स्थापना लोकतन्त्र र संविधानलाई सहज मार्गमा फर्काउने उपाय भएको धारणा व्यक्त गरेका छन्।

प्रेस चौतारी नेपालद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले नीतिगत रूपमा संसद् पुनर्स्थापनाको समर्थनमा रहेको बताए। उनले भने, “यसले लोकतन्त्र र संविधानलाई सहज बाटोमा फर्काउँछ भन्नेमा हामी विश्वस्त छौँ।”

डा. भट्टराईले जनताबाट अनुमोदन प्राप्त गर्न निर्वाचनमा सहभागी हुने प्रक्रियाबाट एमाले कहिल्यै नभाग्ने पनि स्पष्ट पारे।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्