Techie IT
बुधबार, साउन १३,२०८३

कपडा सुकाउन छतमा गएको मौका छोपी बौद्धमा १ करोडका गरगहना चोरी


काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालमा एउटै घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुन र चाँदीका गरगहना चोरी भएको छ।

प्रहरीका अनुसार चोरी मंगलबार दिउँसो भएको हो। पीडित घरको छतमा कपडा सुकाउन गएको मौका पारी चोरी भएको बताइएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत्त बौद्ध, र जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाको अनुसन्धान गरिरहेका छन्।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्