Techie IT
मंगलबार, साउन १२,२०८३

मन्थलीमा दूध सङ्कलन केन्द्र, किसानको आम्दानीमा सुधारको संकेत


रामेछापको मन्थली नगरपालिका–२ का किसानहरू अब उत्पादन गरेको दूध गाउँमै बिक्री गर्न पाउने भएका छन्। कृषकहरूले आय आर्जनमा समस्या भोग्दै आएका थिए।

धारापानीमा कृष्णप्रिया फर्म र दूध डेरी काठमाडौंले दूध सङ्कलन केन्द्र स्थापना गरेपछि गाउँमै दूध सङ्कलन हुँदै आएको छ। डेरीले गाउँमा खपत हुने दूध गाउँमै बिक्री गर्ने र अतिरिक्त दूध काठमाडौं लैजाने व्यवस्था मिलाएको छ।

सञ्चालकले किसानलाई गुणस्तरीय दूध उत्पादन गर्न आग्रह गर्दै सरकारले तोकेको मूल्यअनुसार खरिद र समयमा भुक्तानी गर्ने प्रतिबद्धता जनाएका छन्।

वडाध्यक्ष सुरेन्द्र कार्कीले यस केन्द्रले स्थानीय कृषि र पशुपालन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्