Techie IT
आईतबार, जेठ १०,२०८३

म्याग्दी दरखोलामा नयाँ मोटरेबल पुल निर्माण सुरु


म्याग्दीको धवलागिरी गाउँपालिका–२, लमसुङस्थित दरखोलामा मोटरेबल पुल निर्माण थालिएको छ। पूर्वाधार विकास कार्यालय, म्याग्दीले ठेक्का सम्झौताअनुसार २५ मिटर लामो पुल निर्माण सुरु गरेको जनाएको छ।

ठेक्का सम्झौता विस २०८१ भदौ १९ गते पाँच करोड ५९ लाख ३३ हजार रुपैयाँमा भएको थियो। पुल निर्माणको ठेक्का अवधि एक वर्ष पाँच महिना तय गरिएको छ।

पुल निर्माणपछि धवलागिरी गाउँपालिका–१ र २ नम्बर वडालाई पालिकाको केन्द्रसँग जोड्ने मुना–खोरीया–लमसुङ–लुलाङ–गुर्जा सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सकिने उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्