Techie IT
बुधबार, साउन १३,२०८३

सर्लाहीमा कार दुर्घटना हुँदा एक युवकको मृत्यु, तीन जना घाइते


सर्लाहीको ईश्वरपुरस्थित पूर्व–पश्चिम राजमार्गमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार लु३च ५४७२ नम्बरको कार दुर्घटनामा बुटबल उपमहानगरपालिका–१ का २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको हो। घाइते तीन जनाको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्