Techie IT
बुधबार, साउन १३,२०८३

ढाँटाइमा पनि सरलता, यही हो महावीर पुन..


महावीर पुनले चुनावी प्रचारका क्रममा कुनै भड्किलो भाषण नगरी सरल र सोझो शैली अपनाएका छन्। उनले म्याग्दी मात्र नभई देशभर प्रभाव पार्ने काम गर्ने प्रतिबद्धता जनाउँदै मतदातालाई ‘मासु र पैसामा नबिकिन’ आग्रह गरेका छन्।

भ्रष्टाचारविरुद्ध स्पष्ट धारणा राख्दै उनले एकपटक गरेको मामुली झुट पनि चर्चा विषय बनेको छ। त्यो झुट कसैलाई बिझाउने वा रिझाउने खालको थिएन।

मन्त्री छँदा आयोजित एक औपचारिक कार्यक्रममा उनले अघिल्तिर राखिएको बोतल उठाएर हुत्याएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्