बुढानीलकण्ठ-१० मा नगर उद्यमशीलता विकास तालिम सञ्चालन
बुढानीलकण्ठ नगरपालिकाको नगर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत वडा नं. १० मा उद्यमशीलता विकास तालिम सञ्चालन भइरहेको छ । समुदायस्तरमा उद्यम प्रवर्द्धन गर्दै आत्मनिर्भरता बढाउने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको हो ।
उद्यम विकाससँगै सीप, क्षमता, ज्ञान र आपसी सम्बन्धको समन्वय गर्दै सहभागीहरूलाई सामाजिक तथा आर्थिक रूपमा सशक्त बनाउने लक्ष्य कार्यक्रमको रहेको छ । यसले जीविकोपार्जन मात्र नभई सामाजिक सशक्तीकरणमा समेत महत्वपूर्ण भूमिका खेलेको छ ।
कार्यक्रमबारे बोल्दै बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले नगर उद्यमशीलता विकास कार्यक्रमले स्थानीय सरकार र समुदायबीचको सशक्त साझेदारीलाई मजबुत बनाउने बताउनुभयो ।“यो कार्यक्रमले आम्दानीको अवसर सिर्जना गर्नुका साथै समुदायमा आत्मनिर्भरता र आत्मविश्वास बढाउन सहयोग पुर्याइरहेको छ ।” उपप्रमुख लामाले भन्नुभयो ।
नगरपालिकाको ‘माम र नाम जोड्ने गौरवको योजना’ अन्तर्गत सञ्चालन भइरहेको यो कार्यक्रम हाल वडा नं. ६, ७, १०, ११ र १३ मा लागू गरिएको छ । सोही कार्यक्रम अन्तर्गत वडा नं. १० मा उद्यमशीलता विकास तालिम सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रम अनुसार सहभागीहरू छनोटपछि पाँच दिनको उद्यमशीलता कक्षा प्रदान गरिन्छ । उक्त कक्षा सफलतापूर्वक पूरा गरेपछि मात्र सहभागीहरूलाई सम्बन्धित सीपमूलक तालिममा सहभागी गराइन्छ । सीप तालिम सम्पन्न भएपछि उद्यम सञ्चालनका लागि व्यवसाय दर्ता गर्न प्रोत्साहन गरिनुका साथै आवश्यक प्रक्रियामा नगरपालिकाबाट सहजीकरण गरिने व्यवस्था छ ।
उद्यमको प्रारम्भिक चरणमा नगरपालिकाको तर्फबाट आंशिक वा ५० प्रतिशतसम्म प्रविधि हस्तान्तरण गरिनेछ । त्यसपछि कामको प्रगति, आम्दानी र उत्पादनको अवस्था मूल्याङ्कन गरी बीउ पूँजीसमेत प्रदान गरिने उपप्रमुख लामाले जानकारी दिनुभयो ।
नगर उद्यमशीलता विकास कार्यक्रमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै आर्थिक तथा सामाजिक रूपान्तरणमा टेवा पुग्ने विश्वास लिइएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्