कुलमान घिसिङको चुनावी अभियानमा तीव्रता
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बारा जिल्लाका विभिन्न क्षेत्रको भ्रमण गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरी आफ्नो चुनावी गतिविधिलाई थप सक्रिय बनाएका छन्।
घिसिङले सोमबार बिहान ६ बजे सिमरा विमानस्थलबाट अभियानको सुरुवात गरेका थिए। त्यसपछि उनी लामिडाँडा हुँदै रामनगर पुगेका थिए र पछि टाङ्गिया बस्तीमा आयोजित कोणसभामा सहभागी भएका थिए।
टाङ्गिया बस्तीमा करिब १७ देखि १८ सय घरधुरी रहेका छन्। उक्त क्षेत्र व्यक्ति पहिचानभन्दा पनि जग्गाका आधारमा विभाजन गरिएको छ भने आधारभूत सुविधाको अभाव देखिन्छ।
अध्यक्ष घिसिङले सो बस्तीमा विद्युत् जडानका लागि पहल गरेका छन्, जसले स्थानीय बासिन्दाको दैनिकी सहज हुने विश्वास व्यक्त गरिएको छ। भ्रमणका क्रममा उनी रामनगरमै रात्रीभोज गरी त्यहीँ बसेका थिए।
आज (मंगलबार) घिसिङ कलैया पुगेका थिए, जहाँ उनले भोजन गरेका थिए। त्यसपछि प्रसौना हुँदै पुनः सिमरा विमानस्थलबाट काठमाडौं फर्किएको जानकारी दिइएको छ।
अध्यक्ष घिसिङका अनुसार यस भ्रमणले बारा जिल्लामा पार्टी र मतदाताबीच प्रत्यक्ष संवाद स्थापित हुनुका साथै स्थानीय समस्या नजिकबाट बुझ्न मद्दत गरेको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्