प्रधानमन्त्री कार्कीले राष्ट्रिय सेवा दलको योगदानको प्रशंसा गरे
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुरूप हरेक वर्ष क्याडेट छात्र–छात्राको संख्या क्रमिक रूपमा वृद्धि गर्दै दुर्गम तथा पछाडि परेका क्षेत्रहरूमा समेत तालिम सञ्चालन गर्दै आएको बताएकी छन्।
मंगलबार राष्ट्रिय सेवा दल सिनियर डिभिजन (सि.सं. २०) तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले चालु आर्थिक वर्षमा देशभरका २५७ वटा विद्यालयबाट ७ हजार ७१० जनालाई तालिम प्रदान गरिएको जानकारी दिइन्।
उनले भनिन्, “राष्ट्रिय सेवा दलले सरकारी नीतिअनुसार क्याडेट छात्र–छात्राको सहभागिता हरेक वर्ष बढाउँदै दुर्गम तथा पिछडिएका स्थानहरूमा समेत तालिम विस्तार गरिरहेको छ। यस आर्थिक वर्षमा सिनियर डिभिजनतर्फ १ हजार ८० जना र जुनियर डिभिजनतर्फ ६ हजार ६३० जना गरी कुल ७ हजार ७१० क्याडेट छात्र–छात्रा दीक्षित हुन लागेको तथ्य उत्साहजनक रहेको छ।”
प्रधानमन्त्री कार्कीले हालसम्म करिब ९० हजार युवाले एनसीसी तालिम प्राप्त गरी दीक्षित भइसकेको उल्लेख गर्दै यसमा योगदान पुर्याउने नेपाली सेना तथा राष्ट्रिय सेवा दल परिवारप्रति धन्यवाद व्यक्त गरिन्।
आगामी वर्षहरूमा क्याडेटको संख्या थप गर्दै कार्यक्रमलाई अझ व्यापक बनाइने उल्लेख गर्दै उनले युवा पुस्ताको चौतर्फी विकासका लागि सरकार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
साथै, उनले तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपाली सेनाका विभिन्न फर्मेसन तथा युनिटहरू, स्थानीय तहहरू, विद्यालय तथा शिक्षण संस्थाहरू, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षकवर्ग तथा विशेषतः किशोर–किशोरीलाई राष्ट्र र समाजप्रतिको जिम्मेवारीबोधसहित यस कार्यक्रममा सहभागी गराउने सबैप्रति आभार व्यक्त गरिन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्