जब मापसे गरेका बाबुले तीनमहिने छोरो निमोठे…
गुल्मी । देशभर चुनावी चहलपहल बढिरहेका बेला गुल्मीको इस्मा गाउँपालिका–२, छल्दीटारी भने शोकमा डुबेको छ । आफ्नै बाबुले तीन महिनाको नवजात शिशुलाई भुइँमा पछारेर हत्या गरेको घटनाले सिंगो गाउँ स्तब्ध बनेको छ ।
गत बुधबार मादक पदार्थ सेवन गरी घर आएका ४६ वर्षीय सन्तबहादुर मुखियाले श्रीमतीसँग विवादका क्रममा काखमा रहेको तीन महिनाको छोरा सुवासलाई भुइँमा पछारेका थिए । घटनास्थलमै शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि हस्तीचौर प्रहरी चौकीको टोलीले सन्तबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी गंगाबहादुर सारुका अनुसार सन्तबहादुरले मादक पदार्थ सेवनको अवस्थामा आवेगमा आएर घटना गराएको बयान दिएका छन् । हाल उनी प्रहरी हिरासतमा छन् र मुद्दा अभियोजनको प्रक्रिया अघि बढाइएको छ ।
स्थानीयका अनुसार सन्तबहादुर लामो समयदेखि मदिरा सेवन गरी श्रीमती कमलामाथि शारीरिक तथा मानसिक हिंसा गर्दै आएका थिए । डेढ महिनाअघि कुटपिटकै क्रममा कमलाको खुट्टा भाँचिएको थियो । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार अस्पतालमा हुन सकेन, गाउँमै परम्परागत उपचार गर्न बाध्य भइन् ।
तीन महिनाकी सुत्केरी कमला भाँचिएको खुट्टाकै पीडामा घरधन्दा गरिरहेकी थिइन् । घटनाका दिन पनि सन्तबहादुर मदिरा सेवन गरी घर आएपछि सामान्य विवादले उग्र रूप लिएको र त्यसकै क्रममा शिशुको ज्यान गएको बताइएको छ ।
शिशुको मृत्युपछि कमला अचेत भएकी थिइन् भने जेठी छोरीले छिमेकीलाई खबर गरेकी थिइन् ।
हाल छल्दीटारी गाउँ शोकमा डुबेको छ । नवजात सन्तान गुमाएकी कमला विक्षिप्त अवस्थामा छिन् । पाँच सन्तानको पालनपोषण, कमजोर आर्थिक अवस्था र आफ्नै उपचारसमेत गर्न नसक्ने अवस्थाले उनको भविष्य झनै चुनौतीपूर्ण बनेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्